काठमाडौं । आज नेप्से परिसूचक १२ दशमलव ९६ अंकले बढेर २,६८५ को विन्दुमा कायम भएको छ । आज १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ८२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । लक्ष्मी भ्यालु फन्ड २ का इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् ।













