काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव १७ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९१प्रतिशतका दरले कमाएका छन् ।


















