काठमाडौं । आज नेप्से १६ दशमलव ६७ अंकले बढेर २,५०३ को विन्दुमा कायम भएको हो । आज १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन पावर पाटर्नरका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । भगवती हाइड्रोका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् ।


















