काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको हो । नेप्से परिसूचक १८ दशमलव ४० अंकले घटेर २,४८७ को विन्दुमा कायम भएको छ । आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ६९ प्रतिशतका दरले कमाएका छन् । इन्फीनिटी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।

















