IME Life New

शेयर कारोबार रोकिएकोमा लगानीकर्ता आक्रोशित, ‘यो त विनाशकारी बाढीजस्तै भयावह भयो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राविधिक समस्या भन्दै आज शेयर कारोबार रोकिएकोमा लगानीकर्ता आक्रोशित भएका छन्।

नेप्सेका ७२ कारोबार सदस्य कम्पनी (ब्रोकर)को सर्भर राखिएको डाटा सेन्टर डाटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको पनि हालसम्म समाधान भइनसकेको नेप्सेले जनाएको छ। यस परिस्थितिमा कारोबार गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएको आजको नियमित कारोबार सत्रलाई स्थगन गरिदिन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले निवेदन पनि दिएको थियो।

Esewa
Crest

लगानीकर्ता भने शेयर बजारजस्तो संवेदनशील क्षेत्रलाई प्राविधिक समस्या देखाएर एकाएक कारोबार नै स्थगन गरेकोमा रुष्ट भएका छन्। उनीहरुले नेप्सेको पुनर्संरचना गर्न अब सरकार पछि हट्न नहुने बताएका छन्।

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल आज शेयर कारोबार रोकिनुलाई दुर्भाग्यपूर्ण भएको बताउँछन्। ‘सरकार र नियामकका पछिल्लो कदमबाट शेयर लगानीकर्ताको मनोबल बढेको थियो’, उनले भने, ‘तर, यसरी प्राविधिक समस्या देखाएर शेयर कारोबार रोकिनु नेप्सेको क्षमतामाथि नै प्रश्न चिह्न खडा हुन्छ।’

आफूहरुले बारम्बार नेप्सेलाई आधुनिक प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै आएको ढकालले बताए। ‘तर, पुरानै ढंगले नेप्से अगाडि बढिरहेको छ’, उनले भने, ‘आज शेयर कारोबार रोकिनु भनेको रसुवामा आएको विनाशकारी बाढीजस्तै भयावह घटना हो। सरकारले बेलैमा नेप्सेको पुनर्संरचना नगरेको खण्डमा यस्ता घटना भविष्यमा नदोहोरिला भन्न सकिन्न।’

चाडपर्व समय अनि बैंकको किस्ता तिर्ने बेला यसरी शेयर कारोबार रोकिनु लगानीकर्ताका लागि ठूलो घात भएको ढकालले बताए। ‘लामो समयपछि बल्ल–बल्ल सकारात्मक ढंगले अगाडि बढेको बजारमा लगानीकर्ताले ठूलो आशा राखेका थिए’, उनले भने, ‘तर, यसरी प्राविधिक समस्या आयो भने शेयर कारोबार रोकिँदा लगानीकर्ता निराश बनेको छ।’

लामो समयदेखि शेयर बजारमा सक्रिय लगानीकर्ता प्रेम वली आज कारोबार रोकिँदा लगानीकर्ता मर्कामा परेको बताउँछन्। ‘शेयर बजार बन्द हुँदा लगानीकर्तामात्र होइन सरकारले पनि राजस्व गुमाउँछ’, उनले भने।

वलीले अर्कोतर्फ प्रविधि नै ह्याक भएको खबरले लगानीकर्ताको संवेदनशील सूचना बाहिरिने हो कि भन्ने चिन्ता पनि रहेको बताए। ‘नेप्सेको कमजोरीले आमलगानीकर्ताको लगानी कति सुरक्षित छ भन्ने प्रश्न पनि उठ्छ’, उनले भने।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले डाटा हबले प्राविधिक समस्या समाधान गर्न प्रयास गरिरहेको बताए। ‘आज कारोबार सञ्चालन गर्दा थप क्षति हुन्छ कि भनेर स्थगन गरिएको हो’, उनले भने, ‘डाटा हबले आज समस्या समाधान गर्छ होला।’

भोलिबाट कारोबार सञ्चालनमा आउँछ त भन्ने प्रश्नमा पराजुलीले आजै समस्या समाधान हुने भएकोले भोलिबाट कारोबार सञ्चालन हुन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS