IME Life New

अन्तर्राष्ट्रिय प्रशिक्षक डा. राठाैरको उत्प्रेरक तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्ञानपूञ्ज स्कुल अफ लिडरशिपको आयोजनामा अन्तर्राष्ट्रिय प्रशिक्षक डा. भुपेन्द्र सिंह राठौरको उत्प्रेरक प्रशिक्षण शुक्रबार प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ। राष्ट्र संघबाट समेत सम्मान प्राप्त प्रशिक्षक राठौरले प्रतिष्ठानको खचाखच भरिएको सभाकक्षमा उपस्थित अभिकर्ता, बीमक, बैंकर, सञ्चारकर्मी र विद्यार्थीलगायतलाई सफलताको शुत्रबारे बताए।

Esewa
Crest

उनले कुनै पनि काम प्रतिको इमान्दारितापूर्णको लगाव र म जसरी पनि सक्छु भन्ने भावनाले मात्र मानिसलाई लक्ष्य प्रति डोर्‍याउन सक्ने बताए। उनले आफ्नै उदाहरण दिंदै भने, तपाईले ठूलो सोच्नु, पुरा मिहिनेत गर्नुहोस्, लक्ष्यले तपाइको पाउँ चुम्नेछ।

प्रशिक्षक डा. राठाैरले सहभागिहरूलाई अध्यात्म, एकाग्रताको माध्यमबाट उर्जा सञ्चय गर्दै लक्ष्यमा अघि बढ्न प्रेरित गरे । उनले सहभागीलाई ध्यान अभ्यास गराउँदै भने, हामीले सदैव आफ्नो जन्मदाता आमाबाबुप्रति कृतज्ञ रहनुपर्छ, अनिमात्र जीवन सार्थक बन्न उर्जा मिल्छ।

आयोजक ज्ञानपुञ्ज स्कुल अफ लिडरशिपका अध्यक्ष हरिप्रसाद डुम्रेले व्यवसायीक उद्देश्यका लागि मात्र नभएर आफूहरूले संस्थागत सामाजिक उत्तरदायीत्वका लागि समेत यस्ता कार्यक्रममा सबैका लागि सहभागिताको अवसर प्रदान गर्दै आएको बताए । उनले कुल सहभागीमध्ये केही सिटमा सामुदायीक स्कूल देखि कलेजसम्मका विद्यार्थीलाई कार्यक्रममा निःशुल्क सहभागिता गराएर समाजमा नेतृत्व विकासमा योगदान दिने प्रयास गरिएको बताए।

कार्यक्रमको उद्घाटन, प्रमुख अतिथी नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS