काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी करिब १० प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ भदौसम्म बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुले ६ खर्ब ७७ अर्ब ३६ करोड १९ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष २०८१ भदौसम्म बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा ६ खर्ब १६ अर्ब ३५ करोड ४ लाख रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलना समीक्षा अवधिसम्म बीमकको लगानी ९.९० प्रतिशतले बढेको हो।
हाल १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्।
जीवन बीमकले कुल लगानीको कम्तीमा ३० प्रतिशत वाणिज्य बैंक, विकास बैंकमा बढीमा १५ प्रतिशत र फाइनान्स कम्पनीमा बढीमा ७ प्रतिशतसम्म लगानी गर्न पाउने प्रावधान रहेको छ।

















