IME Life New

लगानी बढ्दा भित्रीभन्दा बाहिरी काममा कुद्नुपर्ने बाध्यतामा बीमकका सीईओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुको बीमा कोषको आकार फैलिँदै जाँदा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको व्यस्तता पनि बढ्दै गएको छ। एउटै कम्पनीको व्यवस्थापनमा केन्द्रित रहँदै आएका सीईओहरु अहिले लगानी विविधप्करणका कारण सहायक कम्पनीदेखि लिएर लगानी गरिएका सबै कम्पनीको दैनिक व्यवस्थापन, सञ्चालन र नीतिगत निर्णयमा सक्रिय सहभागी हुन बाध्य छन्।

बीमकको उल्लेख्य लगानी वा शेयर स्वामित्व रहेका अन्य कम्पनीको सञ्चालक समितिमा सीईओहरु सदस्य वा अध्यक्षको हैसियतमा संलग्न हुनुपरेको छ। सञ्चालक समितिको नियमितजसो हुने बैठकमा सहभागिता जनाउनुपर्ने र दैनिक कार्यतालिकाबाट समय व्यवस्थापन गर्नुपर्ने भएकाले सीइओहरुलाई तनाव हुने गरेको छ। उनीहरुले आफ्नो नियमित कामका लागि पर्याप्त समय दिन सकेका छैनन्। बीमकको सञ्चालक समितिको दबाबमा अन्य कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न बाध्य सीईओको अनावश्यक व्यस्तताले नीतिगत निर्णयमा ढिलासुस्ती हुने वा उपयुक्त समयमा व्यावसायिक रणनीति तयार पार्ने र कार्यान्वयन गर्ने काममा पनि चुक्ने जोखिम बढ्छ।

Esewa
Crest

बैंकका सीईओ बन्न पाउँदैनन् सञ्चालक

बैंकिङ क्षेत्रमा संस्थागत सुशासनलाई एकदमै मिहीन ढंगले निगरानी गरिन्छ। स्वार्थको द्वन्द्व हुने गरी कुनै पनि चुक हुन नदिनका लागि सीईओलाई विशुद्ध सीईओको भूमिकामा मात्र सीमित राखिएको हुन्छ। बैंक तथा वित्तीय संस्थाका सीईओलाई पूर्वाधार विकास बैंकबाहेक अन्य कुनै पनि व्यावसायिक कम्पनीमा सञ्चालक वा कर्मचारीका श्रपमा प्रतिनिधित्व गर्न दिइँदैन। बीमा कम्पनीमा योभन्दा विल्कुलै विपरीत छ, खुला छोडिएको जस्तो छ।

इ.प्रा.निर्देशन नं. ६/८१ संस्थागत सुशासन सम्बन्धी व्यवस्था दफा ४ को उपदफा ८ । नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१

नेपाल राष्ट्र बैंकले सीईओ पदको जिम्मेवारीको बोझ र पदको गम्भीरतालाई मध्यनजर गर्दै सीईओ अर्को कुनै व्यावसायिक संस्थामा सञ्चालक, कार्यकारी प्रमुख, अन्य पदाधिकारी, कर्मचारी वा अन्य कुनै पदमा रही काम गर्न नपाउने प्रावधान लागू गरेको छ। व्यावसायिक संस्था भन्नाले मुनाफा आर्जन गर्ने उद्देश्य राखी सञ्चालित कुनै पनि संस्थालाई बुझ्नुपर्नेछ भन्ने परिभाषित गरिएको छ। यहाँ राष्ट्र बैंकले कुनै पनि किन्तु परन्तु भन्ने वाक्यांश प्रयोग नगरी सीईओहरुलाई नियमित काममा नै केन्द्रित गरिदिएको छ।

राष्ट्र बैंकले संस्थागत सुशासनसम्बन्धी प्रावधानबाट सीईओलाई मुख्य कर्तव्यबाट विचलित भएर दायाँ–बायाँ ध्यान दिनै नपर्ने गरी मुख्य जिम्मेवारीमा सीमित गरिदिएकाले उनीहरु आफ्नो बैंक वा वित्तीय संस्थामै फुल टाइमर जागिरे भएर पूरा समय दिने र एकाग्र हुने वातावरण बनेको छ। बैंकले आफ्नो लगानी भएका कम्पनीहरुमा नायब सीईओ वा उच्च व्यवस्थापकीय तहका कुनै कर्मचारीलाई सञ्चालक समितिमा प्रतिनिधित्व गराउँदै आएका छन्।

बीमामा छैन नियामकीय अंकुश

बीमकको लगानी भएको कम्पनीहरुमा सञ्चालकको हैसियतमा समय दिँदा सीईओहरुले बैठक भत्तालगायतका अन्य लाभसमेत उपभोग गर्छन्। त्यो संस्थामार्फत हुने कारोबार वा लगानी वा नीतिगत निर्णयमा प्रत्यक्ष संलग्नताले प्रत्यक्ष रुपमा स्वार्थको द्वन्द्व निम्त्याउँछ।

प्राधिकरणले बीमकको लगानी मागदर्शनमार्फत लगानी विविधीकरणको बाटो नखुलाउँदासम्म बीमकले मुख्यतः वाणिज्य बैंकको मुद्दति निक्षेपमा नै बीमा कोषको ठूलो हिस्सा लगानी गर्दै आएका थिए। सहायक कम्पनी सञ्चालन गर्न सक्ने प्रावधानपछि डिपोजिटरी पार्टिसिपेन्ट (डीपी), पुँजी व्यवस्थापकलगायतका कम्पनी खुल्न थाल्यो। पछिल्लो समयमा शिक्षा, कृषि, जलविद्युत, पर्यटन, घरजग्गालगायतको क्षेत्रमा लगानी विस्तार गर्दै लगेका छन्।

नेपाल बीमा प्राधिकरणको प्रवक्ता तथा कार्यकारी निर्देशक सुशीलदेव सुवेदी यस सम्बन्धमा बीमासम्बन्धी विद्यमान प्रावधानहरु मौन रहेको बताउँछन्। उनले भने, ‘सरोकारवालासँगको छलफल पछि आवश्यकताका आधारमा प्राधिकरणले यो विषयमा निर्देशन जारी गर्न सक्छ।’

तत्काल नियामकीय अंकुशको खाँचो

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिले तत्कालै यो विषयलाई प्राथमिकतामा राखेर संस्थागत सुशासन निर्देशिका, २०८० मा संशोधन गरेर नियामकीय अंकुश नलगाउने हो भने विकृति बढ्ने देखिएको छ।

  • कुनै सीईओ बीमकको लगानी भएका कतिवटा संस्थामा सञ्चालक पदमा नियुक्त हुने ?
  • सञ्चालक नियुक्त भएर दोहोरो लाभका रूपमा बीमकबाट तलब र बीमकको लगानी भएको कम्पनीबाट भत्तालगायतको सुविधा उपभोग गर्न पाउने कि नपाउने ?

व्यावसायिक संस्थाको संस्थागत सुशासनबारे जानकारहरु, बीमकको सीईओलाई कुनै पनि अन्य कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न बन्देज लगाउनु नै उपयुक्त हुने सुझाव दिन्छन्। साथै, बीमकको लगानी भएको कुनै पनि कम्पनीमा कुनै पनि किसिमको शेयर स्वामित्व धारण गर्न, कुनै पनि किसिमको प्रत्यक्ष वा अप्रत्यक्ष लाभ प्राप्त गर्न पनि बन्देज लगाउनुपर्ने उनीहरुको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS