काठमाडौं । हरेक कामप्रतिको लगनले नै मानिसलाई सफलता दिन्छ भन्ने सिद्धान्त बोकेका व्यक्ति हुन्, सुवास केसी। हाल सुवास सिटिजन लाइफ इन्स्योरेन्सको बेलवास शाखा कार्यालयमा सिनियर एजेन्सी म्यानेजरका रुपमा रही काम गर्दै आइरहेका छन्।
सुवासले बीमा बजारमा सिटिजन लाइफको प्रतिनिधि पात्रका रुपमा बीमा शिक्षा र जनचेतना फैलाउने गर्छन्। उनले कम्पनीका प्रोडक्ट बेच्नुलाई मात्रै आफ्नो कर्तव्य नभई बीमा बुझाउनु पनि अभिकर्ताको कर्तव्य ठानेर अगाडि बढ्ने गरेको बताउँछन्। ‘बीमा पोलिसी बेच्नुमात्रै ठूलो कुरा होइन, बीमा कतिसम्म बुझाउन सकिन्छ भन्ने ठुलो कुरा हो’, उनले भने, ‘बीमा बुझाएपछि कम्पनीका पोलिसी मन परेपछि त ग्रााहकले आफ्नो क्षमताअनुसारको बीमा गर्नु नै हुन्छ।’
२०५० सालमा देवदह नगरपालिकामा जन्मिएका सुवासले आफ्नो बाल्यकाल भने भारतको दिल्लीमा बिताउने मौका पाए। परिवारका कारण उनले आफ्नो बाल्यकाल अर्थात प्लसटुसम्मको अध्ययन भारतमै पूरा गरेर नेपाल फर्किए। उनको बाल्यकाल रमाइलोसँग बित्यो। हाल उनको बसोबास भने बुटवल उपमहानगरपालिका देवीनगरमा रहेको छ। सुवासले एमबीएससम्मको अध्ययन पूरा गरेका छन्।
पढाइमा राम्रो ख्याति कमाएका सुवास बीमा अभिकर्तामात्रै नभई कर परामर्शदाता पनि हुन्। उनी एएस ब्राइट भ्यु कन्सल्टिङ प्रालिमा कार्यरत छन्। उनले आफ्नो फुर्सदको समयलाई सदुपयोग गर्दै बीमा अभिकर्ताका रुपमा काम गर्छन्।
सन् २०१९ मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा प्रवेश गरेका सुवास सन् २०२१ बाट भने सिटिजन लाइफमा जोडिए। बुटवलको वेलबासमा सिटिजन लाइफको शाखा विस्तार भएबाटै सुवास सिटिजन लाइफमा आबद्ध रहँदै आएका छन्।
बीमा नै गराउनका लागि किन कम्पनी परिवर्तन गर्नुभयो भन्ने प्रश्नमा सुवासले भने, ‘बीमा गराउनुमात्रै ठूलो कुरा हैन्। बीमा गराउँदा कस्तो कम्पनीमा ग्राहकलाई सुरक्षा दिँदैछु ? भोलि कम्पनीले ग्राहकलाई दिने सुविधामा आफूले बीमा बुझाउँदा भनेजस्तो सुविधा पाउँछन् कि पाउँदैनन् ? प्रोडक्ट कस्तो ? पोलिसीमा पाउने सुविधा कस्ता ? लगायतका यावत कुरा मैले सिटिजन लाइफमा राम्रो पाएँ। कम्पनीको व्यवस्थापन, ग्राहकसापेक्ष पोलिसीलगायतका धेरै कुराले मलाई सिटिजन लाइफमा तान्यो त्यसैले आजसम्म यही कम्पनीमा आबद्ध रही बीमा गराउँदैछु।’

सुवास बीमा क्षेत्रमा आफ्नो साथीभाइमार्फत जोडिएको बताउँछन्। सुवासलाई बीमा पहिलाबाटै राम्रो लाग्थ्यो। बीमामा आउनुअघि नै उनलाई बीमाबारे ज्ञान थियो। बीमा क्षेत्रमा काम गर्नु भनेको परोपकारको काम गर्नजस्तो उनलाई लाग्छ। ‘बीमा गराउनु भनेको सामाजिक काम गर्नुजस्तै हो’, उनले भने, ‘बीमा अभिकर्ताको काम लिगल हो, आफूले मेहनत गरेजति आम्दानी पनि गर्न सकिन्छ। यो पेसा भनेको विश्वासको पोलिसी बेच्ने बजार हो। बीमा नबुझेकाहरुलाई बीमा शिक्षा दिनु पनि सामाजिक काम नै भएकाले म यस पेसामा पोजिटिभ छु।’
सुवासले हालसम्म १०० जनाभन्दा बढीलाई बीमाको दायरामा समेटिसकेका छन्। ‘बीमा भनेको रिस्क कभरमात्रै नभई बचत पनि हो। बीमाले भविष्यका लागि बचत र वर्तमानका लागि सुरक्षा प्रदान गर्दछ’, उनले भने, ‘आजको समयमा सबै मानिसले बीमालाई गास, बास र कपासजस्तै अत्यावश्यक आवश्यकताका रुपमा लिएर स–साना बीमा गराउनुपर्छ।’
अभिकर्ता काम गर्नलाई समय निकालेर नै गर्नुपर्छ भन्ने लाग्दैन, सुवासलाई। ‘हुन त यो पेसालाई प्रोफेसनल्ली काम गर्ने पनि हुनुहुन्छ। मैले नराम्रो त भनेको होइन तर अतिरिक्त पेसा अपनाइरहेका मानिसहरुले भने यस अभिकर्ता पेसालाई पार्ट टाइमका रुपमा लिएर काम गर्दा आफूलाई र ग्राहक दुवैलाई फाइदा पुग्छ भन्ने विश्वास मलाई लाग्छ’, उनले भने।
सुवासको बुझाइमा अभिकर्ता सक्षम भएरमात्रै बीमा बजारमा जानुपर्दछ। ‘एकजना अभिकर्ताले बीमाका बारेमा भ्रम फलाएर र नकारात्मक सूचना ग्राहकलाई बताएर बीमा गराउँछन् भने ग्राहकले बीमा बजारमा सबै अभिकर्तालाई नराम्रो भन्नुहुन्छ’, उनले भने, ‘त्यसकारण अभिकर्ताले बीमा कम्पनीमा भएको मात्रै सेवासुविधा र पाउने पैसा कति हो, सत्य बताएर बीमा गरायो भने अभिकर्ता पेसाप्रति सबै मानिस सकारात्मक हुँदै जानुहुन्थ्यो।’
बीमा क्षेत्रमा प्रवेश गरेपछि सुवास जीवनमा धेरै परिवर्तन आएको बताउँछन्। ‘बीमा क्षेत्रमा आएपछि मेरो बोल्ने क्षमतामा विकास भएको छ’, उनले भने, ‘व्यक्तिगत नाम र फेम कमाएको छु। आर्थिक रुपमा सबल भएको छु। यतिमात्रै होइन, अभिकर्ता बनेपछि धेरै तह र तप्काका मानिससँग प्रत्यक्ष रुपमा भेट्ने मौका पाएँ। समाज अनि समाजका मानिसको जीवनशैलीलाई प्रत्यक्ष रुपमा बुझ्ने मौका पाएँ।’

पहिलाभन्दा बीमा बुझाइमा अहिले धेरै विकास भएको सुवासको अनुभव छ। ‘बीमा नगर्नु छुट्टै ठाउँमा छ तर बीमा धेरैले बुझ्नु भएको छ’, उनले थपे, ‘बीमालाई सबैमा विस्तार र पहुँच वृद्धि गर्नका लागि अभिकर्ता र सिंगो कम्पनीको पहलभन्दा पनि राज्यस्तरबाटै पहल गर्नुपर्छ। हुन त बीमा प्राधिकरणले पनि आफ्नो भूमिका स्थानीय तहहरुमा गएर गरिरहेको छ। अझै सशक्त रुपमा सबैले आफ्नो स्तरबाट प्रयास गर्यो भने बीमा पहुँच बढ्छ।’
सुवासले कम्पनीलाई धन्यवाद दिँदै भने, ‘सिटिजन लाइफमा आएर मैले नाम, दाम र फेम सबै कमाउने मौका पाएँ। यसका लागि म कम्पनीप्रति धेरै आभारी नै छु।’ सुवासले सिटिजन लाइफबाट धेरै अवार्डहरु पाएका छन्। उनले हिरो अफ द डेको उपाधि हात पार्नुका साथै विभिन्न क्लबमा क्वालिफाइड भएका छन्।












