IME Life New

प्राधिकरण गण्डकी प्रदेश कार्यालयद्वारा कालिका विद्यालयमा बीमा अन्तर्क्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशको आयोजनामा प्रदेश राजधानी पोखराको कालिका विद्यालयमा बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्रले गरेका थिए ।

प्रमुख अतिथिमा कालिका मा.वि प्रधानध्यापक श्रीराम आचार्य थिए भने विशेष अतिथिमा सोहि विद्यालयका सहायक प्रधानध्यापक कुशल लामिछाने लक्ष्मीकान्त अधिकारी थिए ।

Esewa
Crest

साथै उक्त कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थिहरु र शिक्षकवर्गहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक प्रथम बलराम लामिछानेले गरेका थिए र कार्यक्रमको प्रस्तुतिकरण सहायक निर्देशक कविता पाण्डेयले गरेकी थिइन ।

उक्त कार्यक्रममा बोल्दै विद्यालयका सहायक प्रधानध्यापक कुशल लामिछानेले बीमा विना राज्यको कुनै संयन्त्र सञ्चालन नहुने हुँदा बीमा हर्म्रो दैनिक जीवनमा निकै महत्वपूर्ण भएको बारेमा प्रप्ट पारे ।

त्यस्तै सहायक प्रधानध्यापक लक्ष्मी कान्त अधिकारीले स्वास्थय बीमा र कोरना बीमाको बारेमा लागेको जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रधानध्यापक श्रीराम आचार्यले बीमाबाट आर्थिक क्षतिको पुनर्भरण के कसरी हुनेमा आज स्पष्ट भएको विषयमा खुशि हुँदै यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा नेपाल बीमा प्राधिकरण लाई धन्यबाद व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले बीमाको बारेमा विद्यार्थि तथा शिक्षकहरुले सिक्न चाहेको बखतमा नेपाल बीमा प्राधिकरणको ढोका खुल्ला रहेको र आवश्यकता अनुरूप विद्यालयमा नै आएर पनि प्रशिक्षण दिन तयार भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS