IME Life New

जनशक्ति बढाउँदै बीमा कम्पनी, ७ महिनामा थपिए झन्डै ६०० कर्मचारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले जनशक्ति बढाउँदै लगेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिना माघसम्मको तथ्यांकले यस्तो देखिएको हो।

हाल १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, ४ वटा लघु निर्जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन्। यी कम्पनीमा चालु आर्थिक वर्षको ७ महिनामा झन्डै थप ६०० कर्मचारीले रोजगारी पाएका छन्।

Crest

समीक्षा अवधिसम्म बीमा कम्पनीहरुमा १२ हजार ५३ कर्मचारी कार्यरत छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुमा ११ हजार ४७२ कर्मचारी कार्यरत थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५८१ जना कर्मचारी थपिएका छन्।

चालु आर्थिक वर्षको माघसम्म जीवन बीमकमा ६ हजार ६१ र निर्जीवन बीमकमा ५ हजार ९९२ कर्मचारी कार्यरत रहेका छन्। अघिल्लो वर्ष माघसम्म जीवन बीमकमा ५ हजार ७९९ र निर्जीवन बीमकमा ५ हजार ६७३ जना कर्मचारी कार्यरत थिए। अघिल्लो वर्षको तुलनामा जीवन बीमकमा ४.५२ प्रतिशत र निर्जीवन बीमकमा ५.६२ प्रतिशतले कर्मचारी संख्या बढेको छ।

प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्म जीवन बीमा कम्पनीको शाखा संख्या घटेको छ भने निर्जीवन बीमा कम्पनीको बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमकको कार्यालय संख्या ०.१ प्रतिशतले घटेर १ हजार ८३९ मा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकको कार्यालय संख्या १ हजार ८४१ वटा थियो।

यसैगरी चालु आर्थिक वर्षको माघसम्म निर्जीवन बीमकको कार्यालय संख्या ९.८८ प्रतिशतले बढेर १ हजार १५७ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कार्यालय संख्या १ हजार ५३ वटा रहेको थियो।

समीक्षा अवधिसम्म बीमा कम्पनीहरुका देशभर प्रधान, क्षेत्रीय, शाखा र उपशाखा कार्यालय गरेर २ हजार ९९६ वटा रहेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म २ हजार ८९४ वटा कार्यालय रहेका थिए। समग्रमा अघिल्लो वर्षको तुलनामा कार्यालय संख्या ३.५२ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS