काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणको सो प्रदेश कार्यालयले मंसिर २१ गते आइतबार अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा दिनको २ बजेबाट ३ः३० बजेसम्म सञ्चालन हुनेछ ।
बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो । सो परीक्षामा नेपालभरबाट सहभागिता जनाउन सकिने समेत जनाइएको छ ।


















