IME Life New

‘इयर मार्क’ मा लापरवाही बढेपछि बीमा प्राधिकरणले बीमकलाई दियो चेतावनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । “इयर मार्क” सम्बन्धि प्रावधानमा बीमकले खेलाँची गरेको भन्दै नेपाल बीमा प्राधिकरणले बीमकलाई पटक पटक लापरवाही नदोहोर्‍याउन चेतावनी दिएको छ।

बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेपको अस्थायी रोक्का गर्ने गरी बीमा कम्पनीहरूको लागि लागू गरिएको अनलाइन प्रणालीमा “इयर मार्क” गर्न र “इयर मार्क” गरिएको रकम फुकुवा गर्न बीमकले अनुरोध गर्दा पटक पटक लापरवाही देखिएको हो।

Crest

प्राधिकरणका अनुसार, बैंक वित्तीय संस्थामा जम्मा गरिएको बीमा कोषवापतको रकम इयरमार्क गर्न वा इयरमार्क गरिएको रकम फुकुवा गर्न सहजताका लागि बीमकलाई अनलाइन प्रणाली उपलब्ध गराइएको छ। यो प्रणालीको प्रयोग गरेर बीमकले “इयर मार्क” को अनुरोध गर्ने र इयर मार्कको रकम आवश्यक परेको अवस्थामा फुकुवाका लागि अनुरोध गर्ने सुविधा छ।

बीमकले “इयर मार्क” फुकुवाको अनुरोध गरेपनि स्पष्ट कारण नै नखुलाई अनुरोध प्रविष्ट गर्ने प्रवृत्ती बढेपछि प्राधिकरणले अनुरोध अस्वीकृत गरेको छ। अस्वीकृत भएको अनुरोधको हकमा बीमकले स्पष्ट कारण खुलाएर इयर मार्क फुकुवा गर्न अनुरोध गर्नुपर्ने भएपनि दर्जनाैं पटकको अनुरोधहरू थाती रहेपनि बीमकको तर्फबाट कुनै स्पष्टीकरण नदिएर हेलचक्र्याइँ गरेको भन्दै प्राधिकरणले यस्तो लापरवाही दोहोर्‍याए कारवाही गर्ने चेतावनी समेत दिएको छ।

के हो इयरमार्क

“इयर मार्क” भन्नाले बीमकले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा खोलेको मुद्दती निक्षेप खाताहरूमा रहेको प्राधिकरणको ग्रहणाधिकार (Lien) लाई जनाउँछ।

मुद्दती निक्षेप खाता खोलेको सात कार्य दिनभित्र बीमकले “इयर मार्क” प्रणालीमा रोक्का अनुरोध(ब्लक रिक्वेष्ट) गर्नुपर्छ र यो अवधि पछि अनुरोध गरेमा प्राधिकरणले कुनै कारवाही अघि बढाउँदैन।

बीमकबाट ब्लक रिक्वेष्ट प्राप्त भएपनि प्राधिकरणले संलग्न कागजातहरूसँग मुद्दती निक्षेप खाताको विवरण प्रणाणीकरण गरेपछि इयरमार्क प्रणालीमा अनुरोध स्वीकृत गर्छ।

रोक्का अनुरोधमा पेश गरिएका विवरणहरूमा भिन्नता भएमा त्यस्तो अनुरोधलाई कारण उल्लेख गरेर प्राधिकरणले अस्वीकृत गरिदिन्छ। यसरी अस्वीकृत अनुरोधको सम्बन्धमा बीमकले आवश्यक सुधार गरी आवश्यक विवरणहरू पुनः संलग्न गर्नुपर्ने व्यवस्था छ।

बीमा कम्पनीले संकलन गरेको बीमाशुल्कवापतको रकम विभिन्न मुद्दती निक्षेपहरूमा लगानी गरेका हुन्छन्। यसरी मुद्दती निक्षेपमा राखिएको रकम बीमकले जथाभावी प्रयोग नगरून् भन्ने उद्देश्यले नियमित निगरानीका लागि प्राधिकरणले इयर मार्क प्रणाली अर्थात् मुद्दती निक्षेप रोक्क गर्ने प्रणाली लागू गरेको हो। यो प्रणालीका कारण बीमकले लगानी निर्देशिकाको सीमाभित्र रहेर स्वविवेकले मुद्दती निक्षेपमा रकम लगानी गरे पनि निक्षेपमा राखिएको रकम प्रयोग गर्न चाहिँ अनिवार्यरूपमा प्राधिकरणको पूर्व स्वीकृति लिनुपर्छ।

इयर मार्क भन्ने शब्दावली पशुपालक किसानले अाफ्नो घरपालुवा पशुको पहिचानका लागि कान डाम्ने प्रचलनबाट सापटी लिइएको हो। यसरी डाम्दा वा कानको लोतीमा चिरा पार्दा किसानलाइ पशु पहिचान गर्न सहज हुन्छ। बीमकको मुद्दती निक्षेपमा इयर मार्कले पनि निक्षेपको दुरूपयोग हुन नदिन बीमा प्राधिकरणको नियमित निगरानीलाई सुनिश्चित गरेको हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS