काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु जीवन बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए अनुरुप लघु जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा बीमा प्राधिकरणको केन्द्रीय कार्यालयबाट सञ्चालन हुन लागेको हो ।
उक्त तालिम माघ ९ गते शुक्रबार विहान ११ बजेबाट १२ः३० बजेसम्म सञ्चालन हुने जनाइएको छ ।













