IME Life New
GBIME

बीमा प्राधिकरणद्वारा नौकुण्ड गाउँपालिकामा बीमा अन्तर्क्रिया सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नौकुण्ड गाउँपालीकामा बीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम जेठ २७ गते सम्पन्न भएको हो । कार्यक्रम गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत स्थानिय कृषक, बीमकहरुका प्रतिनिधिको सहभागितामा सम्पन्न भएको हो ।

बीमा प्राधिकरणका उप निर्देशक रविन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम संचालन भएको हो । प्राधिकरणका तथ्याङकशास्त्री बसन्त प्रसाद बोहराले नेपाली बीमा बजार, बीमा प्राधिकरणको परिचय, बीमाको उदेश्य, बीमाको तथ्याङ्‌क, बीमामा स्थानिय सरकारको भुमिका, नेपाल बीमा प्राधिकरणले स्थानिय सकारलाइ गर्ने सक्ने सहयोग र सहजताको बारेमा प्रस्तुतिकरण दिएका थिए ।

Crest

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्षले यस पालिकामा बीमाको दायरा कम देखिएता पनि बीमाको महत्वलाई आत्मसाथ गरी बीमाको दायरा विस्तारमा पालिकाले गर्नुपर्ने कर्तव्य पूरा गर्न प्रतिवद्ध रहने बताए । प्रमुत्खत कृषि बीमामा देखिएका समस्यामा दोहोरो अनुदान, दावी भुक्तानी आदिमा संघ र नेपाल बीमा प्राधिकरणसँग समन्वय गरेर समाधान गर्ने बताए ।

नेपालमा प्राधिकणका उपनिर्देशक रविन्द्र श्रेष्ठले विभिन्न पालिका तथा प्रदेशहरूले सुरु गरेको बीमा कार्यक्रमहरूको बारेमा जानकारी दिँदै असल अभ्यासलाई यस पालिकाले पनि अवलम्वन गरेमा न्युन आय र पिछडिएका जनताले आफ्नो जीवन तथा सम्पतीको क्षतिको सहजै आर्थिक क्षतिपूर्ति पाउने बताए । साथै, पालिकालाई आवश्यक बीमा सेवाको बारेमा प्राधिकरण समन्वय र सहकार्य गर्ने तयार रहेका बताए ।

कार्यक्रम संचालन नेपाल नीमा प्रधीकरणका सहायक प्रथम विजय लिम्वुले गरेका थिए ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS