काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ मा संशोधन गर्ने भएको छ।
प्राधिकरणले एउटा सूचना जारी गर्दै उक्त निर्देशिका संशोधन गर्न लागिएको जानकारी गराएको हो। उक्त निर्देशिका वर्तमान कानुन, नीतिगत व्यवस्था तथा व्यावसायिक परिवेशअनुरुप अद्यावधिक तथा आवश्यक गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।
उक्त निर्देशिकामा गर्नुपर्ने आवश्यक सुधार, संशोधन तथा थपघटका लागि प्राधिकरणले सरोकारवाला निकाय तथा व्यक्तिहरुसँग राय–सुझाव पनि माग गरेको छ। सरोकारवालाहरुले ७ कार्य दिनभित्र प्राधिकरणको [email protected] मा आफ्ना राय–सुझाव पेस गर्न सक्नेछन्।












