IME Life New

बाढीपहिरोको क्षतिबारे जानकारी दिन बीमितलाई बीमक संघको आग्रह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुको छाता संगठन नेपाल बीमक संघले बाढीपहिरोले पुर्याएको क्षतिको जानकारी बीमितहरुलाई आग्रह गरेको छ।

संघले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। असोज १७ गतेदेखि १९ गतेसम्मको अविरल वर्षाका कारण सिर्जित बाढी तथा पहिरोले पुर्याएको क्षतिको जानकारी सबै बीमित र ग्राहकलाई आआफ्नो कम्पनीमा सम्पर्क गरी सहयोग गर्न संघले आग्रह गरेको छ।

Crest

यस विषयमा थप जानकारी तथा समन्वय आवश्यक भएमा बीमक संघको सचिवालयकी सम्पर्क व्यक्ति कल्पना निरौलालाई ९८४३४३८३७२ मा सम्पर्क सकिने विज्ञप्तिमा उल्लेख छ।

यसका साथै बाढीपहिरोले पुर्याएको क्षतिलगायत व्यक्तिगत तथा सार्वजनिक धनसम्पत्तिमा भएको क्षतिप्रति संघले गहिरो दुःख व्यक्ति गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS