IME Life New

अब बीमा अभिकर्तालाई १५ घन्टाको व्यावसायिक तालिम र रु. ७ लाखको दुर्घटना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब बीमा कम्पनीहरुले आफ्ना अभिकर्तालाई कम्तीमा १५ घन्टाको व्यावसायिक तालिम दिनुपर्ने भएको छ। यसका साथै कम्पनीले बीमा अभिकर्तालाई ७ लाख रुपैयाँबराबरको बीमा पनि गरिदिनुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमा अभिकर्तासम्बन्धी निर्देशन, २०८३ मा यी व्यवस्था गरिदिएको हो। पेसागत योग्यता र क्षमता विकासका लागि प्रत्येक बीमकले नवीकरण अवधिभर इजाजतपत्र प्राप्त बीमा अभिकर्तालाई आफ्नो व्यावसायिक स्तर कायम राख्न कम्तीमा १५ घन्टाको पेसागत विकास तालिम प्रदान गर्नुपर्नेछ। यस्तो तालिममा बीमाको प्राविधिक पक्ष, कानुनी व्यवस्था र बजार आचारणका विषयहरु समावेश हुनुपर्नेछ।

Esewa
Crest

यसैगरी निर्देशनमा बीमा अभिकर्ताको दुर्घटनाको बीमाको पनि व्यवस्था गरिएको छ। बीमकले आफ्ना अभिकर्ताको ७ लाख रुपैयाँबराबरको दुर्घटना बीमा गरिदिनुपर्नेछ।

बीमा अभिकर्ताले बीमितप्रतिको उत्तरदायित्व पालना गर्दै बीमालेख सिफारिस गर्नुअघि बीमितको जोखिमको प्रकृति, वित्तीय साक्षरता र आवश्यकताको विश्लेषण गरी सोही आधारमा मात्रै बीमालेखको प्रस्ताव गर्नुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS