काठमाडौं । अन्तरिम सरकारको ऊर्जामन्त्री कुलमान घिसिङले फेरि डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महसुल उठाउने प्रक्रिया अगाडि बढाएका छन्। ऊर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा उनले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका थिए।
गत शुक्रबार बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकले बक्यौता उठाउने निर्णय गरेको हो। प्राधिकरणले आज उद्योगीहरुलाई बक्यौता बुझाउन आग्रह गर्दै सूचना जारी गरेको छ।
बक्यौता महसुल बुझाउन प्राधिकरणले उद्योगीहरुलाई २१ दिनको समयसीमा दिएको छ। उद्योगीहरुलाई कात्तिक १७ गतेभित्र बक्यौता महसुल तिर्न प्राधिकरणले आग्रह गरेको छ।

















