IME Life New

भारतः बीमित ठगीको घटनामा नियमित निगरानीका लागि स्थायी समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा बीमक र मध्यस्थकर्ताबाट बीमित ठगिएको गुनासो बढ्न थालेपछि नियामकले अनुगमनका लागि स्थायी समितिको गठन गरेको छ।

भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले बीमक र मध्यस्थकर्ताद्वारा नियामकीय मापदण्डको उल्लंघनका घटनामा निरन्तर निगरानी र जाँच गर्न पूर्णकालीन सदस्यहरुको समिति गठन गरेको हो।

Esewa
Crest

एसियन इन्स्योरेन्स पोस्टका अनुसार प्राधिकरणको १३२ औँ बैठकमा यस सम्बन्धमा निर्णय गरिएको मंगलबार जारी विज्ञप्तिमार्फत जानकारी गराएको छ।

भारतीय बीमा क्षेत्रमा पछिल्लो समयमा बीमितसँग सम्बन्धित संवेदनशील तथ्यांक र विवरणमा अनधिकृत पहुँच र बीमालेखको गलत बिक्रीको तथ्य शृंखलाबद्ध रुपमा प्रकाशमा आएको छ।

प्राधिकरणद्वारा अधिकार प्रत्यायोजनको सन्दर्भमा नियामकले विशिष्ट शेयर स्थानान्तरण आवेदन र अन्य मामिला विचार गर्न पूर्णकालीन सदस्यहरुको प्यानल गठन गर्ने निर्णय पनि गरेको छ।

बैठकका क्रममा सन् २०२५-२६ र २०२६-२७ वित्त वर्षहरुका लागि प्राधिकरणका नियमहरुअन्तर्गत ‘ग्रामीण, सामाजिक क्षेत्र र मोटर तेस्रो पक्ष दायित्वहरु’ र जोखिममा आधारित पुँजी कार्यान्वयनका लागि दोस्रो मात्रात्मक प्रभाव अध्ययनका लागि प्राविधिक मार्गदर्शन जारी गर्ने प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS