IME Life New

भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको केन्द्रीय सरकारले बुधबार एउटा ठूलो घोषणा गरेको छ। सरकारले तत्काल लागू हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो।

कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात सेप्टेम्बर २०२६ सम्म प्रतिबन्धित रहनेछ। यो प्रतिबन्ध थप लम्ब्याउन सकिन्छ। भारतमा चिनीको मूल्य नियन्त्रण गर्न यो निर्णय लिइएको हो।

Esewa
Crest

भारत विश्वको दोस्रो ठूलो चिनी उत्पादक देश हो। सरकारले बुधबार जारी गरेको एक अधिसूचनामा आउँदो सेप्टेम्बर ३० सम्म वा अर्को सूचना नभएसम्म तत्काल लागू हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाइएको घोषणा गरिएको छ।

ब्राजिलपछि भारत विश्वको सबैभन्दा ठूलो चिनी निर्यातकर्ता हो। भारतले घरेलु मागभन्दा बढी हुने अनुमानमा मिलहरुलाई १५ लाख मेट्रिक टन चिनी निर्यात गर्न अनुमति दिएको थियो। यद्यपि, प्रमुख उखु उत्पादक क्षेत्रहरुमा कमजोर उखु उत्पादनका कारण अब उत्पादन लगातार दोस्रो वर्ष खपतभन्दा कम हुने डर छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS