IME Life New

भारतः शत प्रतिशत विदेशी लगानी खुल्ला गरेर बीमाको पहुँच बिस्तार गर्ने उद्देश्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतको सरकारले बीमा क्षेत्रमा शत प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी खुला गरिनुमा सबै भारतीयका लागि बीमामा पहुँच पुर्‍याउने लक्ष्य प्राप्ती गर्ने उद्देश्य रहेको बताएको छ। सन् २०४७ सम्ममा सबै भारतीयका लागि बीमा भन्ने नारा लिएर अघि बढेको भारत सरकारले बीमा क्षेत्रमा यस्तो लगानी ७४ प्रतिशतबाट वृद्धि गरेर शत प्रतिशत कायम गरेको छ।

वैदेशिक लगानी भित्रिएसँगै आउँदो पाँच वर्षको अवधिमा भारतीय बीमा बजार वार्षिक ७.१ प्रतिशतले वृद्धि हुने अपेक्षा भारत सरकारको छ। भारत सरकारले यो वृद्धिदरको आधारमा विश्वव्यापी र उदीयमान बजारको वृद्धिलाई उछिन्ने लक्ष्य राखेको छ।

Esewa
Crest

एशियाइन्स्योरेन्स पोष्टका अनुसार लोक सभालाइ सम्बोधन गर्दै वित्त राज्यमन्त्री पंकज चाैधरीले, बीमा क्षेत्रमा वैदेशिक लगानीको दायरा वृद्धिले स्थिर र दिगो लगानी आकर्षित गर्न र प्रविधि हस्तान्तरणलाई सहज बनाउँदै देशभर बीमा पहुँच सुधार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। लगानी वृद्धिले बीमकको संख्या घटाएर स्वस्थ्य प्रतिस्पर्धा बढाउने र बीमाशुल्क निर्धारणमा थप संरचित र सन्तुलित दृष्टिकोण प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS