IME Life New

भारतः १२ हजार गाडीको फर्जी बीमा, करिब रु. २९ करोड झ्वाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा फर्जी गाडी बीमाको ठूलो घोटालाको खुलासा भएको छ।

भारतको साइबर अपराध प्रहरी चौकीले सवारीसाधनको नक्कली बीमा पोलिसी बनाउने गिरोहका चारजनालाई पक्राउ गरेपछि यो घटनाबाट पर्दाफास भएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा यो गिरोहले १२ हजार फर्जी गाडी बीमा पोलिसी जारी गरेर बीमा कम्पनीबाट भारु १८ करोड (२८ करोड ८० लाख नेपाली रुपैयाँ) झ्वाम पारेको छ।

Esewa
Crest

यस सम्बन्धमा आईसीआईसीआई लोम्बार्ड कम्पनीका उपाध्यक्ष सञ्जय ठाकुरले दुई दिनअघि साइबर क्राइम प्रहरीचौकीमा उजुरी दिएका छन्। प्रहरीका अनुसार चोलामण्डलम कम्पनीको नक्कली गाडी बीमा पोलिसी पनि जारी गरिएको छ। कम्पनीसँग सम्पर्क गरी जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।

भारतीय प्रहरीका एडीसीपी क्राइम पियुष कुमार सिंहका अनुसार पक्राउ पर्नेमा रिचपालपुरीका विकास कश्यप, पर्पा हापुडका आकाश सिसोदिया, मिलक, चक्कर, मुरादाबादका याकुब र आरिफ रहेका छन्। आकाश सिसोदियाका भाइ रोहित भने फरार छन्।

प्रहरीको सोधपुछमा आकाश सिसोदियाले विकास कश्यपलाई आईसीआईसीआई लोम्बार्ड जनरल इन्स्योरेन्स कम्पनीको एजेन्ट बन्न मद्दत गरेको खुलासा भएको छ। आकाश यो आपराधिक कार्यको मास्टरमाइन्ड हुन्।

याकुब र आरिफ मिलेर मुरादाबादबाट आकाशको बीमा गर्ने गाडी मालिकसँग सम्पर्क गर्थे। अनुसन्धानका क्रममा यो गिरोहले चारपांग्रे सवारीसाधनको १० देखि २० प्रतिशतसम्मको थर्ड पार्टी बीमा गराउने झुटो आश्वासन गर्ने गरेको खुलेको छ।

त्यसपछि कम्पनीको एपमा सवारीसाधनको श्रेणीलाई चारपांग्रेको सट्टा दुईपांग्रे सवारीसाधनमा परिवर्तन गरिएको थियो। जसका कारण कम्पनीले १० देखि १५ हजार रुपैयाँ प्रिमियम तिर्नुको सट्टा दुईपांग्रे सवारीसाधनको करिब १ देखि डेढ हजार रुपैयाँ मात्रै प्रिमियम तिर्नुपरेको थियो। सवारीसाधन मालिकले पनि छुट पाउँथे। प्रहरीले गाडीको बीमा जाँच गर्दा गाडीको बीमामात्रै भएको पाइयो। यसरी अभियुक्तको ठगी चलिरहेको थियो।

आईसीआईसीआई लोम्बार्ड कम्पनीले ट्रकको दुर्घटनामा मोटर वाहन दुर्घटना दाबी न्यायाधिकरणबाट सूचना प्राप्त गरेको थियो। कम्पनीले आफ्नो अभिलेख जाँच गर्दा दुईपांग्रे सवारीसाधनको बीमा गरेको पत्ता लाग्यो। कम्पनीले छानबिन गरेपछि ठगी भएको पाइयो। त्यसपछि दुई वर्षमा भएका सबै थर्ड पार्टी इन्स्योरेन्सको छानबिन गर्दा झन्डै १२ हजार बीमा नक्कली पाइएको थियो।

पक्राउ परेकाहरुलाई सोधपुछका आधारमा १ लाखभन्दा बढीको नक्कली सवारी बीमा गरेको प्रहरीको भनाइ छ। विकास कश्यपको चोलामण्डलम इन्स्योरेन्स कम्पनीको एजेन्सी पनि भएकाले चोलामण्डलम कम्पनीलाई पनि सम्पर्क गरिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS