IME Life New

नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीका ६ नयाँ सेवा सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ मा आफ्ना ६ नयाँ सेवा सार्वजनिक गरेको छ । फिनटेक एलायन्स नेपालले आयोजना गरेको तीनदिने एक्स्पोमा कम्पनीले डिजिटल भुक्तानी, व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी तथा लगानीसँग सम्बन्धित नयाँ सेवा सार्वजनिक गरेको हो ।

एक्स्पोको पहिलो दिन खल्तीले खल्ती कार्ड्स, ईसिम र पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो । त्यस्तै, तेस्रो दिन खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गरेको जनाएको छ ।

Esewa
Crest

नयाँ सेवामार्फत डिजिटल भुक्तानीलाई सहज बनाउनुका साथै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी र लगानीसम्बन्धी सुविधालाई विस्तार गर्ने लक्ष्य राखिएको कम्पनीले बताएको छ ।

एक्स्पो अवधिभर खल्तीको स्टलमा सयौँ प्रयोगकर्ताले भ्रमण गरी कम्पनीका विभिन्न उत्पादन तथा सेवाबारे जानकारी लिएका थिए । प्रयोगकर्तालाई सेवाका विशेषता, प्रयोग गर्ने तरिका तथा उपलब्ध सुविधाबारे जानकारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रयोगकर्तालाई आकर्षित गर्न खल्तीले एक्स्पो अवधिमा विभिन्न सेवामा क्यासब्याक, प्रोमो कोड तथा अन्य अफरसमेत उपलब्ध गराएको थियो । स्मार्ट डिपोजिट, कार्ड्स, एआई फिएस्टा, बीमा, हवाई टिकट, मोबाइल टपअप, डेटा प्याक, टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकसँग सम्बन्धित सेवामा विभिन्न अफर उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS