काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाईट’ अभियान सुरु गरेको छ।
हिजो २५ डिसेम्बर २०२५ देखि संचालनमा आएको यस अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरुलाई सिमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध गराइनेछ।
यस अभियान अन्तर्गत ग्राहकहरुले गाडी खरिद गर्दा ५ लाखसम्मको छुट र छानिएको मोडलहरूमा १ लाखसम्मको नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन्। त्यस्तै, १ वर्षको निःशुल्क बीमा सेवा र निःशुल्क सडक करको पनि लाभ लिन सक्नेछन् ।
हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई–भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध छ, जसले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
देशभर रहेका हुन्डाई शोरूमहरूमा उपलब्ध यी सीमित अवधिका अफरहरूको भरपूर लाभ लिन ग्राहकहरूलाई हुन्डाई नेपालले आग्रह गरेको छ।


















