IME Life New

क्यानेडासँगको संयुक्त लगानीमा भारतमा जीवन बीमा कम्पनी खोल्दै महिन्द्रा ग्रुप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय अटोमोबाइल उत्पादक समूह, महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड (एम एण्ड एम) ले क्यानेडियाली लगानीकर्तासँगको साझेदारीमा भारतमा जीवन बीमा कम्पनी सञ्चालनमा ल्याउने भएको छ।

क्यानेडाको वित्तीय सेवा सम्बन्धित बहुराष्ट्रिय कम्पनी मानूलाइफसँगको ५० प्रतिशतको साझेदारीमा महिन्द्रा एण्ड महिन्द्राले जीवन बीमा कम्पनी सञ्चालनका लागि संयुक्त उद्यम स्थापना गर्न सम्झौता गरेका छन् । यो सम्झाैता भारतीय नियामकको स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ।

Esewa
Crest

प्रस्तावित बीमा कम्पनीका लागि दुबै पक्षबाट कुल पूँजी प्रतिबद्धता ३,६०० करोड भारतीय रुपैयाँ (अमेरिकी डलर ४०० मिलियन) सम्म छ। भारतीय सञ्चारगृहहरूका अनुसार, दुबै पक्षबाट पहिलो पाँच वर्षमा १,२५० करोड भारतीय रुपैयाँ (अमेरिकी डलर १४० मिलियन) लगानी गर्ने अपेक्षा गरिएको छ।

सम्झाैता पत्रमा हस्ताक्षरपछि महिन्द्रा समूहका समूहका प्रबन्ध निर्देशक अनिश शाहले सरकारले एकीकृत इजाजत दिएको अवस्थामा भविष्यमा निर्जीवन बीमा सेवामा समेत प्रवेश गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी गराए।

जीवन बीमा शाखाहरूको जम्मा दुई प्रतिशत मात्र भारतको ग्रामीण क्षेत्रमा छन्, महिन्द्राले लगानीकर्ताहरूका लागि जारी गरेको प्रस्तुतीकरण उल्लेख छ, व्यापक मोटरगाडी वितरण सञ्जाल भएको र महिन्द्रा एण्ड महिन्द्रा वित्तीय सेवाहरू मार्फत खुद्रा कर्जा प्रदान गरिरहेकाले महिन्द्रा जीवन बीमा यसको सेवाहरूको “तार्किक विस्तार” हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS