IME Life New

निर्जीवन बीमकले कुन सेक्टरबाट कति भित्र्याए व्यापार ? (बजार हिस्सासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिना मंसिरसम्म निर्जीवन बीमकहरुले करिब २० अर्ब रुपैयाँको व्यापार भित्र्र्याउन सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिरसम्म १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १९ अर्ब ९८ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। जसमा १४ वटा निर्जीवन बीमकको हिस्सा १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ र ४ वटा लघु निर्जीवन बीमकको हिस्सा ४९ करोड ६० लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

मंसिरसम्म निर्जीवन बीमकहरुले मोटर बीमामार्फत सर्वाधिक व्यापार भित्र्याएका छन्। मोटर बीमामार्फत कम्पनीहरुले ६ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। कुल व्यापार मोटर बीमाको हिस्सा ३३.९७ प्रतिशत रहेको छ।

यसैगरी दोस्रो धेरै व्यापार सम्पत्ति बीमामार्फत कम्पनीहरुले भित्र्याएका छन्। कम्पनीहरुले सम्पत्ति बीमालेख जारी गरेर ४ अर्ब ९६ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २४.८४ प्रतिशत रहेको छ।

तेस्रो धेरै व्यापार इन्जिनियरिङ र ठेक्का बीमाको रहेको छ। कम्पनीहरुले यो बीमालेख जारी गरेर २ अर्ब ९१ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। कुल व्यापार इन्जिनियरिङ बीमाको हिस्सा १४.५८ प्रतिशत रहेको छ।

त्यस्तै कम्पनीहरुले विविध बीमामार्फत २ अर्ब ५ करोड ४१ लाख रुपैयाँ, सामुद्रिक बीमामार्फत १ अर्ब १७ करोड ९९ लाख रुपैयाँ, हवाई बीमामार्फत ८६ करोड ३ लाख रुपैयाँ, कृषि तथा बाली बीमामार्फत ७१ करोड ९७ लाख रुपैयाँ र लघु बीमामार्फत ५० करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा विविधको हिस्सा १०.२८ प्रतिशत, सामुद्रिकको ५.९० प्रतिशत, हवाईको ४.३० प्रतिशत, कृषि तथा बालीको ३.६० प्रतिशत र लघुको २.५२ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS