काठमाडौं । भेनेजुएलाविरुद्धको अमेरिकी कारबाहीले कच्चा तेललाई लिएर विश्वव्यापी हंगामा मच्चाएको छ। भूराजनीतिक अवस्था अस्थिर बनेको छ।
ल्याटिन अमेरिकी देश भेनेजुएलामा आक्रमणले भारतसहित सम्पूर्ण विश्वलाई असर गर्नेछ। हाल भेनेजुएलामा राजनीतिक नेतृत्वको बारेमा भ्रम छ। देशको आन्तरिक अवस्थाका बारेमा कुनै स्पष्टता छैन।
विश्वका धेरै देशले कच्चा तेल भण्डारको भूमि भेनेजुएलाबाट तेल आयात गर्दै आएको छ। यद्यपि, विगत एक दशकमा यो अवस्था उल्लेखनीय रुपमा परिवर्तन भएको छ।
भेनेजुएलाले सन् २०२५ मा प्रतिदिन ९ लाख ब्यारेल तेल उत्पादन गरेको थिया। जुन विश्वको तेल आपूर्तिको १ प्रतिशत हो। त्यसकारण यदि भेनेजुएलाको तेल आपूर्ति अवरुद्ध भयो भने कच्चा तेलको मूल्य बढ्ने निश्चित छ। यसले विदेशबाट आफ्नो अधिकांश तेल खरिद गर्ने देशहरुका लागि थप कठिनाइ सिर्जना गर्नेछ। –एजेन्सी












