काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ भने चाँदी सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।

















