IME Life New

फर्जी वेबसाइट र ई-मेलबाट बीमा धोकाधडीका घटना बढेपछि हङकङको बीमा नियामकले गरायो सचेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हङकङ बीमा प्राधिकरण (एआई)ले फर्जी वेबसाइट र ई–मेलबाट बमिा धोकाधडीका घटना बढ्न थालेपछि ग्राहकलाई सचेत गराएको छ।

एआईले एउटा चेतावनी जारी गर्दै त्यस्ता वेबसाइट र ई–मेलबाट जोखिन ग्राहकलाई सचेत गराएको हो। ‘ती वेबसाइट र ई–मेलमार्फत ग्राहकलाई आफूहरु आधिकारिक बीमा कम्पनीको हो भन्दै जालमा पार्ने काम भइरहेको छ’, एआईले भनेको छ, ‘त्यसैले सावधान रहन र त्यस्ता वेबसाइट र ई–मेललाई बेवास्ता गर्न हामी आग्रह र्छौं। उनीहरुले तपाइँहरुको व्यक्ति र वित्तीय जानकारी हासिल गरेर ठगी गर्न सक्छन्।’

Esewa
Crest

दुईवटा फर्जी वेबसाइटमार्फत ग्राहकलाई आफूहरु हङकङमा रहेको बीमा कम्पनी एआईए इन्टरनेसनल लिमिटेड (एआईए)को आधिकारिक प्लेटफर्म हो भनेर ठग्ने प्रयास गरिरहेको पाइएको एआईले जनाएको छ। ‘एउटा फर्जी ई–मेल आईडीका बारेमा पनि पत्ता लागेको छ’, एआईले भनेको छ, ‘जसमार्फत एउटा लिंक पठाइन्छ र त्यो लिंकमा क्लिक गर्नासाथ ग्राहकको सम्पूर्ण गोप्य जानकारी हासिल गर्छन्।’

उता बीमा कम्पनी एआईएले त्यस्ता वेबसाइट र ई–मेल आफ्नो कम्पनीसँग सम्बद्ध नरहेको स्पष्ट पारिसकेको छ। कोही ग्राहक ती वेबसाइट र ई–मेलमार्फत ठगीको सिकार भएको भए कम्पनीको ग्राहक सेवा केन्द्रमा जानकारी गराउन र प्रहरीमा उजुरी दिन कम्पनीले आग्रह गरेको छ।

बीमा नियामक एआईले भने बीमासँग सम्बन्धित त्यस्ता ठगीका घटनाबारे हङकङ प्रहरीलाई जानकारी गराई अनुसन्धान गराउन बीमा कम्पनीलाई निर्देशन दिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS