IME Life New

हिमालयन रिइन्स्योरेन्सको वार्षिक साधारणसभा आह्वान, लाभांश पारितसँगै यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा यही जेठ २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको कुल ४.७४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२४ प्रतिशत नगद लाभांश छन्।

सभाले प्रबन्धपत्र तथा नियमावलीमा थप तथा संशोधन र सोको अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारका लागि निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्ने गराउनेसम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षमा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकम पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ८ गते (जेठ ९ गते शुक्रबार र जेठ १० गते शनिबार)सम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS