काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको वैशाख २२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४.५ प्रतिशतले हुन आउने ४६ करोड ८० लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२४ प्रतिशतले हुन आउने २ करोड ४६ लाख ३१ हजार ५७८.९५ रुपैयाबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।