IME Life New

हिमालयन लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशमा रहेका अभिकर्ताहरुका लागि बुधबार सो कार्यक्रमको आयोजना गरिएको हो ।

झापाको बिर्तामोडमा सम्पन्न कार्यक्रममा भारतीय प्रशिक्षक साइद अफजल अहमदले सहजीकरण गरेका थिए । उनले आर्थिक सुरक्षाका लागि बीमा बाहेक अर्को विकल्प नभएको बताए । निजी क्षेत्रका कामदारहरुलाई भविष्यको बचतको लागि समेत बीमा अनिवार्य सर्त भएको उनको भनाई थियो ।

Crest

मृत्युपछि मात्र बीमा आवश्यक छ भन्ने भाष्य निर्माण गरिएको भन्दै उनले आपत्ति जनाए । उनले मानिस जिवित छँदै पूर्ण अंगभंग भएको अवस्थामा, प्राण घातक रोग लागेको अवस्थामा, घाउचोट लागेर अस्पताल भर्ना भएको अवस्थामा र ऋण रकम चाहिएको बेलामा नगदको बढी आवश्यक हुने र त्यो सुरक्षा बीमाबाट मात्र प्राप्त हुने भन्दै समाजमा बीमा शिक्षा र जागरणको खाँचो रहेको औँल्याए ।

कार्यक्रममा अभिकर्ता दुर्गा राईले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् । विभिन्न उपलब्धी हासिल गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कम्पनीले समय समयमा अभिकर्तालाई उत्प्रेरणा दिने उद्धेश्यले विभिन्न स्कीम निकाल्ने गरेको र सोहि स्कीम अन्तर्गत उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरिएको दमक शाखा प्रमुख चन्द्रकला घिमिरेले बताइन् ।

कोशी प्रदेशका उपप्रमुख भोलाकृष्ण मिश्र (नविन)ले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई अर्का उपप्रमुख सुरेन्द्र कर्णले स्वागत गरेका थिए । कोशी प्रदेशका प्रमुख रामबहादुर शाहीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा १२० जना अभिकर्ता सहभागी रहेको बिर्तामोड शाखा प्रमुख बद्री भण्डारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS