IME Life New

हिमालयन डिस्टिलरीको २८%ले बढ्यो नाफा, आम्दानी रु. ८ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २० करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ मा कम्पनीले ९४ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २८.१४ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीले उत्पादन बिक्री गरेर ८ अर्ब ११ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी ७ अर्ब २० करोड ११ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी १२.६७ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसमा १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको रिजर्भ र सरप्लसमा १ अर्ब ८ करोड ९८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा रिजर्भ र सरप्लसको आकार ४०.१९ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३२.७१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २५.५३ रुपैयाँ थियो। पीई रेसियो ३४.८५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४१.४३ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS