IME Life New

हिम स्टार ऊर्जाको आइपीओ बाँडफाँट, भाग्यमानी ५ आवेदकलाई ११ कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको आइपीओ आज असार ३२ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालयमा आज दिउँसो ३ बजे हिम स्टार ऊर्जाको आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले गत असार २४ गतेदेखि असार २७ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

Esewa
Crest

क्यापिटलका अनुसार यो आइपीओमा २० लाख ४४ हजार ४५६ आवेदकबाट कुल २ करोड ४० लाख १३ हजार ९७० कित्ता शेयर माग भएको थियो। त्यसमध्ये १८ लाख ९५ हजार ३७६ आवेदकबाट माग भएको २ करोड १२ लाख ३१ हजार ३३० कित्तामात्रै सदर भएको छ। यो हिसाबले १ लाख ४९ हजार ८० आवेदकबाट माग भएको २७ लाख ८२ हजार ६४० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ७७ हजार ३९७ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्येबाट ५ जनाले थप १–१ कित्ता शेयर पाएका छन्। यो आइपीओमा १८ लाख १७ हजार ९७९ आवेदकबाट हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आइपीओ जारी गर्ने कम्पनीको वेबसाइटसँगै मेरो शेयर र सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS