काठमाडौं । शेयर बजारमा बिहीबार झिनो सुधार आएको छ। नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा समूह घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक १.२९ प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक ०.५३ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १३८ कम्पनीको शेयरभाउ बढेको छ भने १३२ कम्पनीको घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआईसी एसिया बैंकको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी












