काठमाडौं । राजावादी आन्दोलनको अगुवाई गरेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा रिहा गर्न उच्च अदालत पाटनले आदेश गरेको छ ।
साेमबार मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले यस्तो आदेश जारी गरेको हो ।
प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको कर्जा अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।
यसबाहेक राजावादीको हिंसात्मक आन्दोलनको मुद्दामा भने अदालतले ३ लाख रूपैयाँ धराैटीमा रिहा गर्न आदेश दिएको छ।
अदालतबाट आदेश जारी भएलगत्तै धराैटी रकम बुझाएर उनी डिल्लीबजार कारागारबाट सोमबार राती थुनामुक्त गरिएका छन् ।

















