काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको कुल ३.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १.५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (करसहित) छन्। यो लाभांश नेपाल सरकारको स्वीकृतिपछि वितरण गरिने कम्पनीले स्पष्ट पारेको छ।
लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो पुस २१ गते १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

















