IME Life New

बीमकको जोखिममा आधारित पुँजीबारे प्रायः सोधिने प्रश्नहरुको यस्तो छ जबाफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै जोखिममा आधारित पुँजी (रिस्क बेस्ड क्यापिटल–आरबीसी)सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएको छ। यस नयाँ व्यवस्थाबारे सर्वसाधारण र सरोकारवालालाई स्पष्ट पार्न प्राधिकरणले बारम्बार सोधिने प्रश्नहरुको उत्तरसहितको पुस्तक जारी गरेको छ।

परम्परागत व्यवस्थाअनुसार बीमा कम्पनीहरूले आफ्नो व्यवसायको आकार अनुसार एउटा निश्चित रकम पुँजीका रुपमा राख्नुपर्ने नियम थियो। तर, जोखिम आधारित प्रणालीमा कम्पनीले कति जोखिम बहन गरेको छ, सोही आधारमा पुँजी राख्नुपर्छ। धेरै जोखिम लिने कम्पनीले धेरै र कम जोखिम लिनेले सोहीअनुसारको पुँजी सुरक्षित राख्नुपर्ने हुन्छ। जसले गर्दा भोलि दाबी भुक्तानी गर्नुपर्ने अवस्थाका लागि बीमा कम्पनी आर्थिक रुपमा बलियो भइरहोस्।

Esewa
Crest

प्रतिवेदन र समयसीमाः बीमा कम्पनीहरुले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ९० दिनभित्र (अहिले संक्रमणकालीन समय भएकाले १२० दिन वा कात्तिक मसान्तसम्म) प्राधिकरणमा आरबीसी प्रतिवेदन पेस गर्नुपर्छ।

पुँजीको पर्याप्तताः कम्पनीको सल्भेन्सी मार्जिन (ऋण तिर्न सक्ने क्षमता) कम्तीमा १३० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको छ। यो अन्तर्राष्ट्रिय अभ्यास र नेपाली बजारको अवस्था हेरेर तय गरिएको हो।

जोखिमको मुल्यांकनः कम्पनीको लगानी, घरजग्गा र अन्य सम्पत्तिहरुमा हुन सक्ने उतारचढावलाई हेरेर पुँजीको भार गणना गरिन्छ। यदि कुनै सम्पत्ति तत्कालै बिक्री गरेर नगदमा परिवर्तन गर्न सकिँदैन भने त्यस्तो सम्पत्तिलाई पुँजी गणना गर्दा मान्यता दिइँदैन।

भविष्यको नाफा र बोनसः भविष्यमा हुन सक्ने सम्भावित नाफालाई अहिले नै पुँजीका रुपमा देखाउन पाइँदैन किनकि त्यो अनिश्चित हुन्छ। तर, बीमितलाई दिइने बोनस दिगो छ कि छैन भनेर जाँच गरेरमात्र घोषणा गर्नुपर्ने हुन्छ। कम्पनीको प्राविधिक पाटो र जोखिमको हिसाब किताबबारे नियुक्त बीमांकीले प्रमाणित गर्नुपर्छ।

प्रायः सोधिने प्रश्नहरु सम्बन्धित पुस्तकमा समावेश गरिएका अन्य प्राविधिक शब्दहरुको सरल परिभाषाहरु यस्ता छन्ः

१. सोल्भेन्सीः कम्पनी आफ्ना ग्राहकलाई दाबीबापतको रकम भुक्तानी गर्न कति सक्षम छ भन्ने क्षमता हो।

२. टेक्निकल प्रोभिजनः कम्पनीले भविष्यमा ग्राहकलाई दिनुपर्ने दाबी रकमका लागि छुट्याएर राखेको पैसा हो।

३. मार्केट कन्सिसटेन्सीः बजारको वास्तविक मूल्यअनुसार सम्पत्ति र दायित्वको मूल्यांकन गर्ने तरिका हो।

४. टायर १ क्यापिटलः कम्पनीको सबैभन्दा उच्च गुणस्तरको पुँजी, जुन कुनै पनि बेला नोक्सानी व्यहोर्न उपलब्ध हुन्छ।

५. मार्क टु मोडेलः यदि कुनै सम्पत्तिको बजारमूल्य तुरुन्तै थाहा हुँदैन भने गणितीय सूत्र प्रयोग गरेर त्यसको सम्भावित मूल्य निकाल्ने विधि हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS