काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार देशका केही ठाउँमा धेरै भारी वर्षा हुने पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशका पहाडी भू भाग र तराईका थोरै स्थानमा भारीदेखि भारी वर्षा हुने जानकारी गराएको छ ।
महाशाखाका अनुसार साँझदेखि सोमबारसम्म ती क्षेत्रमा धेरै भारी वर्षा हुनेछ ।
२४ घण्टामा १०० मिलिमिटरदेखि २०० मिलिमिटर पानी परेको अवस्था धेरै भारी बर्षाको अवस्था हो। भारी वर्षा भनेको चाहिॅ घण्टामा ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म हो।
महाशाखाले बाढी पहिरोको जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरेको छ।

















