IME Life New

आजदेखि सुरु हुँदै हार्भर्ड हेल्थ ह्याकाथन नेसनल फिनाले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा नवप्रवर्तनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले आयोजना गरिएको हार्भर्ड हेल्थ ह्याकाथन नेसनल फिनाले २०२६ आजदेखि काठमाडौं विश्वविद्यालयअन्तर्गत नेसनल इनोभेसन एन्ड टेक्नोलोजी सेन्टर (एटीआईसी)मा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने यस राष्ट्रिय फाइनल प्रतिस्पर्धा चैत २७ र २८ गते आयोजना हुनेछ।

देशभरबाट छनोट गरिएका ४५ उत्कृष्ट आइडिया तथा स्टार्टअप यस प्रतिस्पर्धामा सहभागी हुँदैछन्। स्वास्थ्य क्षेत्रमा नवीन समाधान प्रस्तुत गर्ने उद्देश्यका साथ यी टोलीले आफ्नो अवधारणा, प्रविधि र कार्यान्वयन रणनीति प्रस्तुत गर्नेछन्।

Esewa
Crest

प्रतिस्पर्धाबाट उत्कृष्ट ३ टोली छनोट भई अन्तर्राष्ट्रिय अनलाइन बुटक्याम्पमा सहभागी हुने अवसर पाउनेछन्। त्यसमध्ये उत्कृष्ट टोलीहरुलाई अमेरिकाको बोस्टनमा आयोजना हुने अन्तिम पिचिङ चरणमा सहभागी गराइनेछ। जहाँ उनीहरुले अन्तर्राष्ट्रिय लगानीकर्ता तथा भेन्चर क्यापिटलिस्टहरुसामु आफ्नो प्रस्तुति दिनेछन्।

आयोजकका अनुसार यस कार्यक्रमले नेपालको स्वास्थ्य क्षेत्रमा दिगो, प्रभावकारी र प्रविधिमैत्री समाधानहरु विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। युवाहरुको सिर्जनशीलता, अनुसन्धान र उद्यमशीलतालाई प्रोत्साहन गर्दै यस्तो अन्तर्राष्ट्रियस्तरको प्लेटफर्मले नेपाली नवप्रवर्तकहरुलाई विश्वसँग जोड्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

नेपालका उत्कृष्ट प्रतिभाहरु अब आफ्नो क्षमताको प्रदर्शन गर्न तयार छन्। नवप्रवर्तन, प्रतिस्पर्धा र अवसरले भरिएको यस कार्यक्रमले नेपालको स्वास्थ्य क्षेत्रको भविष्यलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS