काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१ /८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ ।
७५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको महाविपत्ती कोषमा ६२ लाख ११ हजार रुपैयाँ रहेको छ । रिडेन्ड अर्निङमा ४ करोड ८१ लख ५७ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३५ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
समीक्षा वर्षमा कम्पनीले ४५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ९८५ प्रतिशतले बढी हो ।
यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत ५ करोड ८५ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ५२ लाख ३० हजार रुपैयाँ खर्चिएको थियो ।
यस समीक्षा वर्षमा कम्पनीले ३९ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ९८२ प्रतिशतले बढी हो ।
समीक्षा वर्षमा कम्पनीले ६ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २२ लाख २९ हजार रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा उल्लेख्य बढी हो । कम्पनीको जीवन बीमा कोष २१ करोड ४९ लाख रहेको छ ।


















