काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३२ सय रुपैयाँले घटेको छ।
यससँगै आज प्रतितोला सुन २ लाख ८० हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलाको २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ८२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ९३० रुपैयाँमा किनबेच भएको थियो।












