काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ । हिजो नयाँ रेकर्ड बनाएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

















