काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला सुन ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ८५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।












