काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा १८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी १८ सय ७० रुपैयाँमा किनबेच भएको थियो।