IME Life New

ग्लोबल आइएमई बैंकको ३७%ले बढ्यो नाफा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१।८२ को तेश्रो त्रैमाससम्म ४ अर्ब ५३ करोड खुद मुनाफा गरेको छ। गत आर्थिक वर्ष बैंकले ३ अर्ब ३० करोड खुद मुनाफा गरेको थियो । खुद मुनाफा ३७.१२ प्रतिशत बढेको हो ।

खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेको छ । कम्पनीको गत वर्ष १३ अर्ब २ करोड खुद ब्याज आम्दानी रहेकोमा यो वर्ष १२ अर्ब ३१ करोड खुद ब्याज आम्दानी रहेको छ ।  संचालन मुनाफा ३४.४१ प्रतिशतले बढेको छ । यो वर्ष ६ अर्ब ३३ करोड संचालन मुनाफा रहेकोमा गत वर्ष ४ अर्ब ७१ करोड संचालन मुनाफा थियो  ।

Crest

प्रतिशेयर आम्दानी १२.२० बाट बढेर १५.८६ रुपैयाँ पुगेको छ। वितरण योग्य मुनाफा ३ अर्ब ५४ करोड ९२ लाख रहेको छ ।

कम्पनीले ५ खर्ब १७ अर्ब निक्षेप उठाएको छ भने ४ खर्ब १३ अर्ब कर्जा दिएको छ।

कम्पनीको खराब कर्जा बढेर ४.९८ प्रतिशत पुगेको छ। गत वर्षको खराब कर्जा ४.७४ प्रतिशत थियो ।

कम्पनीको प्रति शेयर नेट्वर्थ रु .  १७३.४७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS