काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो । यसैबीच
बेनी नगरपालिका ८ क्याम्पस चोकका सिसम श्रेष्ठ र आमा आश्रिता श्रेष्ठले आफ्नो छोरीको पास्नीको शुभअवसर बीमा पोलिसी उपहार दिएका छन् । उनले छोरीलार्य सिटिजन लाइफको सिटिजन शुभारम्भ बीमा योजना २० लाखको बीमा पोलिसी उपहार स्वरूप प्रदान गरेका हुन् ।
उक्त बीमा पोलिसी सिटिजन लाइफ शाखाकी शाखा प्रमुख भावना पौडेल सुबेदी र एजेन्सी म्यानेजर ममता पौडेलले हस्तान्तरण गेकी हुन् । २० लाखको २० वर्षको अवधि राखी बीमा गर्दा ९८ हजार ३१८ रुपैयाँ प्रिमियम तिर्नुपर्नेछ ।
छोरीको उज्ज्वल भविष्यको लागि उनले यस पैसा बीमामा जम्मा गरेको बताएका छन् ।

















