IME Life New

जेनजी आन्दोलनः शिखर इन्स्योरेन्सबाट सम्पत्ति क्षतिको करिब रु. ३० करोड दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा भएको हुलदंगा र आगजनीबाट क्षतिग्रस्त सम्पत्तिको हालसम्म करिब ३० करोड रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म जेनजी आन्दोलनका क्रममा भएको सम्पत्तिको दाबी भुक्तानीबारे जानकारी गराएको हो। ‘हालैको असहज परिस्थितिका कारण शिखर इन्स्योरेन्सका बीमितको सम्पत्तिमा भएको क्षतिहरुको बीमा दाबी फर्छ्यौट गर्न आफ्ना प्रतिबद्धताअनुरुप ग्राहकमैत्री सेवा र द्रुत गतिमा बीमा दाबी भुक्तानी गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

गत भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा भएको क्षतिमध्ये कम्पनीबाट छोटो समयमै ४० भन्दा बढी बीमितलाई करिब ३० करोडको दाबी भुक्तानी भएको विज्ञप्तिमा उल्लेख छ। ‘राष्ट्र पुनर्निर्माणको यात्रामा शिखर इन्स्योरेन्सको सहयात्राको प्रतिबद्धता अनुरुप बीमित ग्राहकले भोग्नुपरेको कठिन परिस्थितिमा तत्काल राहत पु¥याउन तथा राष्ट्रको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि दाबी भुक्तानीलाई छिटो, सहज र पारदर्शी बनाउँदै आएका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘दाबी प्रक्रियालाई सहज र सरल बनाउन कम्पनीबाट सरलिकृत दाबी प्रक्रिया, डिजिटल सेवाका साथै, दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान गर्दै आएका छौँ भने कम्पनीबाट खटाइएका सर्भेयर तथा कम्पनीका कर्मचारीहरुबाट क्षति मूल्यांकनका लागि ग्राहकलाई प्रत्यक्ष सहजीकरण गर्दै आएका छौँ।’

शिखर इन्स्योरेन्सले विगतमा २०७२ को भूकम्प तथा गत वर्षको बाढीका कारण सिर्जित बीमा दाबीको समेत पारदर्शी र दु्रत गतिमा बीमा दाबी भुक्तानी गरी दाबी भुक्तानीमा अग्रणी पहिचान स्थापित गर्न सफल रहँदै आएका दाबी गरेको छ। ‘आगामी दिनमा समेत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउन कम्पनी निरन्तर कटिबद्ध रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीबाट हरेक प्रतिकुल अवस्थामा अझ सरल सहज र प्रभावकारी सेवा प्रदान गरी राष्ट्रको आर्थिक विकासका लागि कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS