काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७.५७ रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश –लाभांश करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले वितरण गर्नेछ।
गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

















